झापाका ४ पालिका, मधेस प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

झापाका ४ पालिका, मधेस प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


काठमाडौं ।

झापाका ४ पालिकाले आज स्थानीय बिदा दिएका छन् ।

मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिएका हुन् ।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन ।

यस्तै आज मधेस प्रदेशमा सार्बजनिक बिदा दिइएको छ ।

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा र्दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

यता काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिइएको छ ।

गत मंगलबारवाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्रा काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो ।

विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ ।

जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने गर्छ । यस जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

जसअनुसार आज इन्द्रजात्राको मुख्य दिन परेको हो । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको हो । काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट बिशेष पाहुना आएका छन ।