मनिषाको शव जलाउनै लाग्दा प्रहरीले लग्यो

मनिषाको शव जलाउनै लाग्दा प्रहरीले लग्यो


सर्लाही ।

सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका ३ जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् ।

आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।

माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।

थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताइएको छ ।