दसैंमा एलजिका सामान किन्दा ‘भ्याकुम फ्लास्क’ सित्तैमा

दसैंमा एलजिका सामान किन्दा ‘भ्याकुम फ्लास्क’ सित्तैमा


काठमाडौं ।

नेपालमा एलजिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

दसैं र तिहारलाई लक्षित गर्दै “दसैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याइएको हो। जसअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भदौ २८ देखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो । जसले किचन हुड, इन्डक्नस हब र बोइलर डिजाइन र निर्माण गर्छ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।