आज काठमाडौंका यी स्थानमा सवारी कुदाउन नपाइने

आज काठमाडौंका यी स्थानमा सवारी कुदाउन नपाइने


काठमाडौं ।

इन्द्रजात्रा पर्वको कारण काठमाडौंका केही सडकमा आज सवारी आवागमन निषेध गरिएको छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण केही सडकमा सवारी चलाउन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

बिहीबारदेखि काठमाडौंको बसन्तपुर क्षेत्र केन्द्रित भएर इन्द्रजात्रा पर्व चलिरहेको छ। काठमाडौं उपत्यकामा इन्द्रजातालाई सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्वको रुपमा मनाउने प्रचलन छ।

आगामी सोमबार (असोज १५ गते) पनि महानगरले बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन रोक लगाएको छ।