म्याद गुज्रेको चामल बेच्ने ओम श्री पछसे ट्रेडसलाई ३ लाख रुपैयाँ जरिवाना

म्याद गुज्रेको चामल बेच्ने ओम श्री पछसे ट्रेडसलाई ३ लाख रुपैयाँ जरिवाना


काठमाडौं ।

पनौती नगरपालिकामा म्याद नाघेको चामल बेच्ने व्यापारीलाई सरकारले ३ लाख रुपैंया जरिवाना तिराएको छ ।

पनौती नगरपालिका वडा नंं ७ पनौती बसपार्कमा रहेको ओम श्री पसछे टेडर्स पनौती भेगकै ठुलो तथा पुरानो होलसेल तथा खुद्रा पसल हो , उक्त पसलमा बिहीबार वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनको क्रममा ३२ बोरा म्याद नाघेको चामल बरामद गरेको थियो ।

म्याद नाघेको चामल फेला परेपछि विभागको टोलीले ३ लाख रुपैयाँ जरिवाना तिराएको हो । रिलेललिङ गरेको, गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको विभागले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

विभागको टोलीले हिजो काभ्रे जिल्लाको पनौती सहितको बजार क्षेत्रमा अनुगमन गरेको थियो । उक्त टोलीले पनौतीमै रहेका अर्को किराना पसलमा खरिद विल विजक नराखेको पाइएपछि २ हजार जरिवाना तिराएको छ ।

त्यस्तै पनौतीको एग्रोभेट तथा बिउ बिजन भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै सोहि क्षेत्रको एक रेडिमेट तथा थान कपडा पसललाई समेत २ हजार रुपैयाँ जरिवाना तिराएको उक्त प्रतिवेदनमा उल्लेख छ ।