नबिल ब्यालेन्स फण्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने

नबिल ब्यालेन्स फण्ड २ ले ९.६ प्रतिशत नगद लाभांश दिने


काठमाडौं ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिंगको ११ असोजको सञ्चालक समिति बैंकले उक्त प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रतिफल वितरणका लागि २६ असोजमा योजनको इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको नबिल इन्भेष्टमेन्ट बैंकिंगले जनाएको छ ।