लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले ४ घर जल्यो

लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगोले ४ घर जल्यो


सप्तरी ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा ४ वटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, २ गाई, २ साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले जनाएको छ ।

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए । उनका अनुसार आगलागीका कारण करिब ७ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी, हनुमानगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।