आज यी ४ प्रदेशमा भारी वर्षाकाे सम्भावना

आज यी ४ प्रदेशमा भारी वर्षाकाे सम्भावना


काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।