विमानस्थलबाट तस्करीको ३ किलो सुनसहित महिला पक्राउ

विमानस्थलबाट तस्करीको ३ किलो सुनसहित महिला पक्राउ


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ ।

अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन ।

विमानस्थल  प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो ।

उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी माथी थप अनुसन्धान भईरहेको छ ।