बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ सय रुपैयाँले उकालो लागेको हो ।

शुक्रबार १ लाख १२ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले ओरालो लागेको छ । शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।