डेंगीका कारण वालिङमा १ जनाको मृत्यु

डेंगीका कारण वालिङमा १ जनाको मृत्यु


काठमाडाैँ।

डेंगी संक्रमणबाट स्याङ्जाकाे वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

डेंगी देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ।

गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा ४ जनामा डेंगी संक्रमण देखिएको थियो ।