सिटिजन लाइफको आइपिओमा २ दिनमा २ अर्बको आबेदन पर्यो, कहिले सम्म छ म्याद ?

सिटिजन लाइफको आइपिओमा २ दिनमा २ अर्बको आबेदन पर्यो, कहिले सम्म छ म्याद ?


काठमाडौं ।

सीडीएस एन्ड क्लियरिङका अनुसार सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्कासन गरेको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब १८ करोड ५२ लाख ३० हजार २०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

भदौ १७ गते आइतबार साँझसम्ममा ७ लाख ८४ हजार ९०५ जना आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्कासन गरेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्कासन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गर्न लागेको हो। यो आइपिओको निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते हुनेछ । यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।