एक पुरुषले वीर अस्पतालको छैटौं तलाबाट हाम फाले

एक पुरुषले वीर अस्पतालको छैटौं तलाबाट हाम फाले


काठमाडौं ।

काठमाडौंको वीर अस्पतालको छैटौं तलाबाट एक पुरुषले हाम फालेका छन् ।

आज बिहान करिब ३ बजेतिर हाम फालेका अन्दाजी ४० वर्षका ती पुरुषको मृत्यु भएको छ ।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

ती मृतक पुरूषको परिचय भने खुलेको छैन ।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २:१५ बजेको समयमा छिरेको देखिएको अस्पताल स्रोतले बतायो । सीसीटीभीमा हेर्दा मृतक फेला परेका व्यक्ती फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ र केही समयपछि ६ तल्लाबाट फुत्त झरेको देखिन्छ ।