काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राज्यले पर्यटनलाई प्राथमिकताको रुपमा नहेरेको टिप्पणी गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद किरातीले पर्यटन राज्यको प्राथमिकता हो की हैन? भन्ने विषयमा नेपालमा एकचोटी मज्जाले छलफल गर्नु पर्ने बताए ।
उनले भने ‘ पर्यटन राज्यको प्राथमिकता हो की हैन? भन्ने विषयमा नेपालमा एकचोटी मज्जाले छलफल गर्नु पर्ने छ । यदि पर्यटन प्राथमिकता हो भने पर्यटनको विकास कसरी गर्नुपर्छ ?आर्थिक विकासको सांच्चै एउटा मेरुदण्ड हो भने प्राथमिकताको साथ नै छलफल गर्नु पर्छ । ’
मन्त्री किरातीले नगरकोटमा पर्यटक आवास भनेर प्रचार गर्ने तर बाटो नबनाउने गरेपछि पर्यटक कसरी आउने त ? भन्दै प्रश्न गरे ।
उनले हाम्रो पुरानो ऐन कानुन भएको र यसलाइ हेर्दा पुरानो साधन चढेर नयाँ साध्य जा खोजिरहेको जस्तो देखिएको बताए ।
अहिले आफुहरु लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा भएको तर हाम्रो ऐन कानून व्वस्थाहरु राजतन्त्रकालीन भएको उनको भनाइ छ ।
मन्त्री किरातील ३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता र अहिलेको भावनाको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
प्रतिक्रिया