काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ तर खेलाडीको लागि यो देशमा रंगशाला नबन्नु दुःखद भएको बताए ।
उनले भने ‘ भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आइसी, बङ्गलादेशले ए प्लस खेलाडीहरुको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र हाम्रो खेलाडीहरुलाई ए क्याटोगरिको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहदाँ लाजलाई पनि लाज लाग्या होला ।
यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषणहरु सन्दै गरेका युवा पुस्ताले किन खिस्सी नगर्ने ?
सांसद ढकालले अगाडि भने ‘ यहाँ एउटा अन्तर्राष्ट्रिय रंगशालामा लाइट हाल्दैँन् सरकार, अन्तर्राष्ट्रिय रुपमा बेईज्जत कमाउँनु पर्छ ।रंगशाला बनाईदैन् कतै पनि तर भैँसीपार्टीतिर मुख्यमन्त्रीहरु काठमाडौं आउँदा सुत्न आलिशान महल बनाइन्छ । कस्तो खालको लोकतन्त्र हो । मैले खेलाडीहरुले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैँन् । खेलाडीहरुको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अबिलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराईयोस् । ’
प्रतिक्रिया