रुटिन अफ नेपाल बन्द ‘बन्द’ गरेर भिक्टरले भने- लिभ मी एलाेन…

रुटिन अफ नेपाल बन्द ‘बन्द’ गरेर भिक्टरले भने- लिभ मी एलाेन…


काठमाडाैँ ।

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द अनपब्लिस भएकाे घाेषणा गरिएकाे छ ।

यस पेजका सञ्चालक भिक्टर पैडेलले फेसबुकमार्फत याे घाेषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘अब अट्याक गर्नुपर्दैन । स्वार्थले खाेलिएकाे थिएन, त्यही भएर बाल छैन । बाँकी कुरा पछि गराैँला ।

यसअघि उनले फेसबुकमार्फत साहसी निर्णय गर्न लागेँ भनेर पोस्ट गरेका थिए । उनले पोस्ट गरेलगत्तै रुटिन अफ नेपाल बन्दको पेज फेसबुकमा देखिन छाडेको छ ।

उक्त पेजमा ३० लाख बढी फलोअर्स थिए । आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।

शनिबार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषयमा सामाजिक सञ्जाल गर्माएकाे थियो ।

उनले लेखेका छन्, ‘Now I am Free.. LEAVE ME ALONE’