डेढ किलो चरेससहित ४ जना पक्राउ

डेढ किलो चरेससहित ४ जना पक्राउ


कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट ४ जना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपालीलाई एक किलो तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।