बाढीले कुरुप बनाएको कागवेनी

बाढीले कुरुप बनाएको कागवेनी


काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर मुस्ताङको कागबेनी पुगेका छन् ।

कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ पुगेका हुन् ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।