बाढी पीडितलाई गृहमन्त्रीको सान्तवना : तीनै तहका सरकार सँग समन्वय गरी योजना बनाएरै पुर्ननिर्माण गर्छौ

बाढी पीडितलाई गृहमन्त्रीको सान्तवना : तीनै तहका सरकार सँग समन्वय गरी योजना बनाएरै पुर्ननिर्माण गर्छौ


काठमाडौं ।

मुस्तातङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरिक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पु¥याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुर्ननिर्माणमा लाग्ने बताए ।

उनले भने, ‘तत्कालै गर्नुपर्ने केही कामहरु र कागबेनी बस्तीको पुर्ननिर्माणको कामलाई मुख्य योजनामा पार्ने छौ । त्यसको निम्ति संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारका संयन्त्रसँग समन्वयात्मक ढंगले काम अगाडि बढाइने छ । त्यसमा हामी गम्भीर रुपमा लाग्ने छौ ।’

मुस्ताङ धार्मिक र पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताएका श्रेष्ठले त्यहाँको भौतिक संरचनाको पूर्ननिर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने जिकिर गरेका छन् ।

‘यो ऐतिहासिक बस्ती कागबेनी तिर्थस्थल र यो पर्यटनको केन्द्रलाई हिजो जुन स्थिति थियो त्यो भन्दा व्यवस्थित, त्यो भन्दा उन्नत ढंगले पुर्नस्थापित र पुर्ननिर्माणको दिशातिर लैजाने कुरामा गम्भीरतापूर्वक आवश्क कदम चाल्न पहल कदमी लिनेछौं,’ गृहमन्त्रीले भने ।

गत साउन २८ गते गेगरसहित गएको बाढीका कारण त्यहाँ ठुलो क्षति भएको थियो।