सस्तो दाममा आउदै टाटाको एसयुभी ‘पन्च इभी’

सस्तो दाममा आउदै टाटाको एसयुभी ‘पन्च इभी’


काठमाडौं ।

टाटा मोटर्सले एसयुभी सेगमेन्टको पन्च इभी आगामी अक्टोबर अन्त्यसम्ममा सार्वजनिक गर्ने भएको छ।

यस्तै कम्पनीले यही सेप्टेम्बरमा २०२३ मोडल नेक्सन र नेक्सन इभी फेसलिफ्ट मोडल पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

त्यसलगतै अक्टोबरमा पन्च इभी सार्वजनिक गरिने कम्पनीले जनाएको हो। सो मोडलमा मल्टिपल पावर ट्रेन उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा पन्च इभीले सिट्रोन ईसी(३ लाई प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

यसमा नेक्सनमा जस्तै टाटाको जिपट्रोन पावर ट्रेन हुन्छ। यो मोडलमा नयाँ फिचर भनेको यसमा चार्जिङ प्लग अगाडि राखिएको छ। नेक्सन इभीमा भने चार्जिङ प्लग साइडमा राखिएको छ।

यसमा फोर ह्वील डिस्क ब्रेकहरु हुनेछन्। जसमा फरकफरक एलोय ह्वील डिजाइन गरिएको छ। यसमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट पनि उपलब्ध हुनेछ।

यसको पावर ट्रेनको कुरा गर्दा यो गाडी टाटाको जेनेरेसन २ इभी आर्किटेक्चर र अल्फा प्लाटफर्ममा आधारित छ। साथै लिक्वीड( कुल्ड ब्याट्री प्याक यसमा उपलब्ध हुनेछ। यसमा पनि फ्रन्ट ह्वील ड्राइभ उपलब्ध छ।

यो गाडीमा २५.५८ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक हुने अनुमान गरिएको छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० देखि ३०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा मोटर पावर भने ५७ किलोवाट क्षमताको हुनेछ।

यसको ग्राउन्ड क्लिरेयन्स १८० एमएमको छ। ह्वील साइज भने १५ इन्चको हुने कम्पनीले जनाएको छ। यसमा ड्राभिङ मोडहरु, वायरलेस चार्जर, क्रज कन्ट्रोल, डुअल फ्रन्ट एयरब्याग, ब्रेक असिस्ट, ब्लाइन्ड स्पट भ्यु मोनिटर र ४ वटा स्टिल ग्रे म्याट, डेटोना ग्रे, इलेक्टरिक ब्लु र मुनलाइट सिल्भर कलरहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई २ वटा ब्याट्री प्याकमा उपलब्ध गराउने तयारी गरेको छ। यसको मूल्य भारतमा १२ लाख ४९ हजारदेखि १३ लाख ७५ हजार रुपैयाँ भारतीय रुपैयाँ राख्ने तयारी छ।