बागमती सरकारले बनायो ९५ वटा पुल

बागमती सरकारले बनायो ९५ वटा पुल


file photo

काठमाडौं ।

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ वटा पुल निर्माण गरेको छ ।

यातायात सेवा सहज गर्न पुल निर्माण गरिएको हो ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । २०७४ यता, प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो ।

विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुंगे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिहंले जानकरी दिए। गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायबाट २६ पुल निर्माण भएका थिए ।

प्रदेशमा विगत ६ वर्षमा १३ झोलुंगे पुल निर्माण गरिएको छ । मन्त्रालयले गत आवमा २८१ किमीसहित हालसम्म १ हजार ४३ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गरेको प्रवक्ता सिहंले बताए ।

गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक १ हजार ५८४ किमी मर्मत सम्भार गरिएको छ ।

गत आव सम्ममा हेरालुमार्फत् १ हजार १७ किमी मर्मत सम्भार, ९३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा ६८० किमी सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।