गोरखा ।
गण्डकी प्रदेशको गोरखा जिल्लामा ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बन्ने भएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बग्ने बुढीगण्डकी नदीमा यो जलविद्युत आयोजना बन्ने भएको हो ।
जलविद्युत आयोजना बनाउनका लागि विद्युत विकास विभागमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले अनुमतिपत्रका लागि दरखास्त आवेदन दिएको छ ।
विभागका अनुसार यो आयोजना नदी प्रहावमा आधारित हुनेछ । जडित क्षमता १ मेगावाट रहने यो आयोजनाको डिजाइन वहाव ४४.०३ घनमिटर प्रति सेकेण्ड र कुल हेड २१३.१ मिटर रहनेछ । आयोजनाबाट वार्षिक रुपमा सरदर ४४७.०३ गिगावाट घण्टा जलविद्युत ऊर्जा उत्पादन हुने विभागले जनाएको छ ।
आयोजनाबाट विद्युत उत्पादनका लागि नदीको पानी फर्काउन बनाउने मुख्य बाँध ३५ मिटर लामो हुनेछ भने उचाइ ९ मिटर रहनेछ ।
आयोजनाबाट उत्पादित विद्युत ऊर्जालाई विद्युत गृहको स्विचयार्डमा जोड्न १०.५९ एमभिएको ट्रान्फरमरबाट १५ किमि लामो २२० केभीको प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लापाङ्ग बिहारथोक सबस्टेसनमा जोडिनेछ ।
आयोजना निर्माण सुरु भएपश्चात् २०८५ भदौ २८ गतेबाट विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया