इभी लिएर लामो बाटो हिँड्दै हुनुहुन्छ ? यी स्थानमा थपिए ५१ चार्जिङ स्टेसन

इभी लिएर लामो बाटो हिँड्दै हुनुहुन्छ ? यी स्थानमा थपिए ५१ चार्जिङ स्टेसन


काठमाडौँ ।

देशभर एकसाथ ५१ विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

ऊर्जामन्त्री बस्नेतले उद्घाटन गरेसँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ सञ्चानलनमा आएको हो ।

प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।

स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने ऊर्जामन्त्री बस्नेतले बताए । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।

धादिङको धार्केमा २ वटा, मुग्लिनमा १, रत्नपार्कमा १, सर्लाहीको हरिबनमा १ चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।

चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

कहाँ-कहाँ थपिए चार्जिङ स्टेसन ?
१. धार्के धादिङ– २
२. मुग्लिङ चितवन– १
३.साझा सेवा बल्खु काठमाडौं–२
४.साझा सेवा पुल्चोक ललितपुर–१
५. नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं– १
६.नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं– १
७.पारस बसपार्क चितवन – २
८.खुर्कोट सिन्धुली– २
९.सिन्धुली बसपार्क सिन्धुली– १
१०. इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी– २
११. हरिवन सर्लाही–२
१२. इनरुवा बसपार्क सुनसरी– १
१३.प्रहरी पेट्रोल पम्प, लाहान सिराहा– २
१४.कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की– २
१५.पर्यटक बसपार्क पोखरा कास्की– १
१६.दमक बसपार्क झापा– २
१७. बेलका नगरपालिका उदयपुर– २
१८.बिर्तामोड बसपार्क झापा– २
१९.सुर्खेत बसपार्क सुर्खेत– २
२०.हेटौंडा, रातमाटे मकवानपुर– २
२१.विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर– १
२२.प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं– २
२३. बेगनास ताल, पोखरा कास्की– १
२४.बुटवल बसपार्क रुपन्देही– २
२५.इटहरी सुनसरी– १
२६.विराटनगर मोरङ– १
२७.कोहलपुर नयाँ बसपार्क बाँके – २
२८. धनगढी कैलाली–२
२९.त्रिशूली हावा घर नुवाकोट– १
३०.बट्टार, त्रिशूली नुवाकोट– १
३१. कुश्मा पर्वत– १
३२.लमही बसपार्क दाङ– २
३३. लम्की कैलाली – १