पशुपति क्षेत्र विकास कोषले गर्यो वनकालीको पार्किङ ठेक्का रद्ध

पशुपति क्षेत्र विकास कोषले गर्यो वनकालीको पार्किङ ठेक्का रद्ध


काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले बनकालीमा बनाउने भनेको पार्किङको ठेक्का रद्ध गरेको छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो ।

पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ ‘तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालि’ले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्ध गरेको छ ।

सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उलंघन गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउने र ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरेको छ ।

कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको छ ।