भोलि कृषि विकास बैंकको मोबाइल बैंकिंग सेवा पूर्ण रुपमा बन्द

भोलि कृषि विकास बैंकको मोबाइल बैंकिंग सेवा पूर्ण रुपमा बन्द


काठमाडौं।

कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिंग सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो ।

मोबाईल बैंकिंगको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिंग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको छ ।