२८ अंकले ओरालो लाग्यो नेप्से, सवा अर्बको कारोबार

२८ अंकले ओरालो लाग्यो नेप्से, सवा अर्बको कारोबार


काठमाडौं ।

बिहीबार सेयर बजार राताम्मे भएको छ ।

नेप्से परिसूचक २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । मंगलबार पनि नेप्से ६.४५ अंकले घटेको थियो ।

आज नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको छ ।

२१ कम्पनीको शेयरमूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्से घटेसँगै १३ वटै उपसूचक घटेको छ ।

आज सर्वाधिक हाइड्रोपावर उपसूचक २.५२ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य उपसूचक २.०४ प्रतिशतले घटेको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि शुभम पावर लिमिटेडको शेयरमूल्यमा सरकारात्मक सर्किट लागेको छ । कम्पनीको आज शेयरमूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६९१ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, बिहीबार थ्रीस्टार हाइड्रोपावरको ७ प्रतिशत, इङ्वा हाइड्रोपावरको ४ प्रतिशत, नबिल डिभेन्चर २०८२ को २ र नेपाल बेंकको डिभेन्चर २०८७ को १.९९ प्रतिशतले शेयरमूल्य बढेको छ ।