नेपाल–भारत अन्तरदेशीय क्यूआर भुक्तानी सुरु

नेपाल–भारत अन्तरदेशीय क्यूआर भुक्तानी सुरु


काठमाडौं ।

नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सुरु भएको छ ।

नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच सम्झौता भएसँगै भुक्तानी सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकाल र एनपीसीआईका अधिकारीले बिहिबार क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक सुरुवात गरेका छन् ।

अब भारतीयहरुले नेपाल आउँदा फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सक्ने छन्। भारत जाने नेपालीले भने राष्ट्र बैंकले निर्देशिका जारी गरेपछि मात्र कारोबार गर्न पाउनेछन् ।

भारत जाने नेपालीका हकमा एटीएम कार्डबाट हुने भुक्तानीको सीमा तोकिएको छ । एक दिनमा १५ हजार र एक महिनामा १ लाख भारु मात्र एटीएमबाट निकाल्न पाइनेछ ।

औषधि उपचार लगायत अत्यावश्यक सेवामा भने यो सीमा लागू हुने छैन ।

भारतको पेमेन्ट्स काउन्सिल अफ इन्डिया, एनपीसीआई र फिनटेक कन्भर्जेन्स काउन्सिलले भारतको मुम्बईमा गरेको ग्लोबल फिनटेक फेस्टमा सेवा सुरुवात गरिएको हो ।