सन्दीपकाे मुद्दामा पीडितकाे जन्मदर्ता पुनः प्रमाणीकरण गर्न आदेश

सन्दीपकाे मुद्दामा पीडितकाे जन्मदर्ता पुनः प्रमाणीकरण गर्न आदेश


काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे अर्काे पेसी भदौ २६ गतेलाई तोकिएको छ ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकरण गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

इजलासले पीडित नाबालिगको जन्मदर्ता र बसाइँसराइको कागज ७ दिनभित्र झिकाउन र त्यसपछि निरन्तर सुनुवाइ गर्न आदेश दिएको छ ।

यसअघि अदालतले गौशाला २६ (छ) काे हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजात मगाएको थियो ।