बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ३ सय बढेको हो ।

हिजो १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ७५० कायम भएको छ ।

यस्तै आज चाँदी पनि ५ रुपैयाँले घटेको छ । हिजो १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय छरुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।