नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब आउदै, टेस्ट ड्राईभ गर्न पाइने

नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब आउदै, टेस्ट ड्राईभ गर्न पाइने


काठमाडौं ।

टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गइरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब सार्वजनिक गर्दैछ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै सहरी दैनिकीमा एउटा गेम चेन्जरका रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।

३ किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघनटा रहेको छ।

टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ। जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घन्टामा १००५ सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकतानुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टीभीएस आईक्युबले साँघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ।

टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ। ५ घण्टामा १००५ सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकतानुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्। ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टीभीएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ।

आईक्युबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचरसमेत उपलब्छ छ। चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कलरएसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ। स्कुटरको ७ इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पुर्याउनेछ।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टीभीएस आईक्युबको यात्रा सहज हुनुका साथै ऊर्जा पनि कम खपत हुन्छ। त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ। यस टीभीएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ। त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ।

यो नयाँँ टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरि टीभीएसको स्टलमा प्रदर्शन गरिनेछ। सहभागीहरुले स्टलमा आएर यसका सुविधाहरु एक्सप्लोर गर्ने र टेस्ट ड्राईभ गर्ने अवसरसमेत पाउनेछन्। टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरुका लागि व्यवहारिक छनोट भएको कम्पनीले जनाएको छ।