काठमाडौँ ।
विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ ।
नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो ।
हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अटो शोमा नै डल्फिनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर, सो भन्दा अघि नै बाटोमा कतै डल्फिन देखिए फोटो खिचेर सार्वजनिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्ट्राग्राम वा टिकटकमा राखी कम्पनीलाई जानकारी गराए १ लाख रुपैयाँ नगद जित्न सकिने बीवाईडीले बताएको छ ।
‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको साइमेक्स इन्क प्रा.लि.ले यो योजना ६ देखि ११ सेप्टेम्बरसम्म जारी रहने जनाएको छ ।
यस अवधिभर रोडमा बीवाईडी डल्फिन भेटाई यसको भिडियो बनाएर फेसबुक इन्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्नुपर्नेछ ।
जसका लागि सर्वजनिककर्ताले कम्पनीको आधिकारिक फेसबुक, इन्ट्राग्राम वा टिकटकमा ट्याग समेत गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यासो गर्ने ३ जना भाग्यमानी प्रयोगकर्तालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसको अलावा योजनामा भाग लिने सम्पूर्णलाई बीवाईडी कम्पनीले नाडा अटो शो, २०२३ को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
प्रतिक्रिया