१० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


काठमाडौं ।

चालू आर्थिक वर्षको (२०८०/८१) को २ महिना नपुग्दै ४ पटक आन्तरिक ऋण उठाइसकेको सरकारले अर्को पटकका लागि सूचना जारी गरेको छ ।

साउन १८ गते र २८ गते १०/१० अर्ब, साउन ३२ मा ५ अर्ब ८४ करोड र भदौ ९ गते पनि १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

भदौमा दोस्रो पटक आन्तरिक ऋण उठाउन लागेको नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २४) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ। राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।

ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ २५ गते निस्कासन हुनेछ । सरकारले चालू आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारी लक्ष्य छ ।