नाडा अटो शोकै समयमा टोयोटाको विजय उत्सव

नाडा अटो शोकै समयमा टोयोटाको विजय उत्सव


काठमाडौँ ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ ।

यस पटकको नाडा अटो शोमा सहभागी नहुने निर्णय गरेसँगै सोही समयमा टोयोटाले दसैँ लक्षित शो आयोजना गरेको हो ।

कम्पनीले भदौ २१ गते सुरु गरेर ३० गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । आनन्दनगरस्थित आफ्नो टोयोटा शोरूममा यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फर अल’लाई सहयोग गर्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सवमार्फत् ल्याएको बताएको छ ।

बडादसैँ २०८० लाई लक्षित गरी आयोजना गरिएको यो उत्सवमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बिमालगायत उपहार पाउने कम्पनीले विज्ञप्ति जारी गरेर बताएको छ ।

त्यसैगरी, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकले ‘लक्की ड्र’मार्फत उपहारहरू जित्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीसँग प्रशस्त गाडीको स्टक रहेको हुँदा ग्राहक निर्धक्कले टेस्ट ड्राइभका लागि आउँदा हुने कम्पनीले बताएको छ ।

त्यसैगरी, ग्राहकको सजिलोका लागि नबिल बैंक र एभेरेस्ट बैंकमा बैंकिङ फाइनान्सको व्यवस्था मिलाइएको कम्पनीले बताए ।