ओरा इभी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमै ऋण दिने

ओरा इभी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनमै ऋण दिने


काठमाडौँ ।

ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ।

यसका लागि ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैंक र भिजी इम्पेक्सबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय र इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भिजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन्।

उक्त समझदारीमा कम्पनीले बिक्री गर्दै आएको ह्याभल एसयुभी, पावर ब्रान्डका पिकअप र ओरा विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई बैंकले ऋण उपलब्ध गराउने उल्लेख छ।

गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ दिनभित्र बैंकले सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने कम्पनीले जनाएको छ।