एन आई सी एशियाको मोवाइल बैंकिग बाट कनेक्ट आइपिएस मार्फत पैसा पठाए स्मार्टफोन जित्न सकिने

एन आई सी एशियाको मोवाइल बैंकिग बाट कनेक्ट आइपिएस मार्फत पैसा पठाए स्मार्टफोन जित्न सकिने


काठमाडौं ।

एन आई सी एशिया बैंकले कनेक्ट आइपिएस सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिंग प्रयोगकर्ता हरुका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोवाइल फोन हातमा’अफर ल्याएको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिंग प्रयोगकर्ताले कनेक्ट आइपिएस मार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो सुविधा यही भाद्र १७ देखि असोज २० गतेसम्म लागु हुने छ । उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिंग सेवा मोवाइल बैंकिंग एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बेंक्स युजिंग कनेक्ट आइपिएस छनौट गर्नुपर्छ ।

यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिंग को बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिंग ग्राहक महानुभावहरुले मोवाइल बैंकिंग एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिंगमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार ३ लाख रुपैयाँसम्म पठाउन सकिन्छ ।