प्रदेशसभा सदस्य र प्रहरीबीचको झगडाले लियो उग्ररुप, प्रहरी कार्यालयमा ढुंगामुढा

प्रदेशसभा सदस्य र प्रहरीबीचको झगडाले लियो उग्ररुप, प्रहरी कार्यालयमा ढुंगामुढा


ताप्लेजुङ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ढुंगामुढा भएको छ ।

नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेको हो ।

नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको टोली र प्रहरीबीच बिहीबार रातिदेखि सुरु भएको झगडाले उग्ररुप लिएसँगै तरुण दल र नेविसंघका कार्यकर्ताले प्रहरी कार्यालयमाथि ढुंगामुढा गरेका हुन् ।

फुङ्लिङ बजारको पूरानो बैंक लाइनस्थित कांग्रेसको पार्टी कार्यालयबाट नाराबाजी गर्दै गएको टोलीले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेको हो ।

तरुण दल र नेविसंघका कार्यकर्ताले गरेको ढुंगामुढाबाट प्रहरी कार्यालयको झ्याल ढोकाका सिसा फुटेका छन् भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

कांग्रेस कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ ।

अहिले सदरमुकाम फुङ्लिङ अशान्त बनेको छ । प्रहरी, सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालित भएको स्थानीय प्रशासनले जनाएको छ ।