हात्तीले भत्कायो नेपाल–भारत सीमाको जङ्गेपिलर

हात्तीले भत्कायो नेपाल–भारत सीमाको जङ्गेपिलर


झापा ।

मेचीनगरस्थित वडा ४ मा नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्काएको छ ।

आलेटुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जङ्गेपिलर हात्तीले भत्काएको हो ।

वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिलर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् ।

हात्तीले जङ्गेपिलर पूर्णरुपमा भत्काएर क्षति गरेको छ ।

स्थानीयको प्रयास र वडा कार्यालयको संयोजनमा भारतबाट आउने जंगली हात्तीको क्षति न्यूनीकरण र हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि आरआरटी बनाइएको छ ।

वार्ड कार्यालय र सशस्त्र प्रहरीलाई बाहुनडाँगीलाई यस विषयमा आरआरटीले सूचना दिएको उनले बताए ।

पछिल्लो समय बाहुनडाँगी नाका भएर एकैसाथ दुईसय वटासम्म भारतीय हात्ती नेपाल प्रवेस गर्ने गरेका छन् ।