रेनो गाडी किन्न सानिमाले ऋण दिने

रेनो गाडी किन्न सानिमाले ऋण दिने


काठमाडौं ।

नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ ।

नजिकिँदै गरेको दसैँतिहार र बहुप्रतीक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।

यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत् सहुलियत दरमा फाइनान्स सुविधा पाउनेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।

यसका साथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत रेनोका ग्राहकले ७ लाखसम्मको छुटका साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, २ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफर पाउनेछन् ।