अष्ट्रेलिया पठाइने भन्दै ९ लाख ठगी, महिला पक्राउ

अष्ट्रेलिया पठाइने भन्दै ९ लाख ठगी, महिला पक्राउ


काठमाडौं । 

अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ घर भई काठमाडौं महानगर –२६ सामाखुसी बस्ने ५० वर्षीया  रत्न केशरी श्रेष्ठ रहेकी छिन् ।

श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ९ लाख  रुपैयाँ लिएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

श्रेष्ठले लामालाई अष्ट्रेलिया पठाइदिने र होटलमा काम लगाइदिने प्रलोभन देखाएर पटकपटक गरी ९ लाख लिएर सम्पर्क विहीन भएकी थिइन् ।

अनुसन्धान कार्यालयले श्रेष्ठलाई शुक्रबार बिहान पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जनाएको छ ।