३ सचिवकाे सरुवा, काे कहाँ ?

३ सचिवकाे सरुवा, काे कहाँ ?


काठमाडौँ।

सरकारले ३ जना सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरूवा भएका छन् ।

यस्तै, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फणीन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।