स्विटजरल्यान्डकाे आवासीय राजदूतमा सुवेदी नियुक्त

स्विटजरल्यान्डकाे आवासीय राजदूतमा सुवेदी नियुक्त


काठमाडाैँ ।

स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनलाई राजदूत नियुक्त गरेका हुन् ।

सुवेदीलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त गरिएको छ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा रामप्रसाद सुवेदीलाई स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत र संयुक्त राष्ट्रसंघका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।