घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

शुकबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । शुक्रबार १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १३ सय ९५मा कारोबार हुने महासंघले जनाएको छ ।