चीनमा मुसलधारे वर्षा, ८० हजार मानिस विस्थापित

चीनमा मुसलधारे वर्षा, ८० हजार मानिस विस्थापित


एजेन्सी ।
शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ ।

टाइफुन हाइकुई र मनसुनले बिहीवारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ । 

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तिय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ ।

सेन्जेन, झुहाइ र जियाङ्मेन सहरहरू र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागमा विद्यालयसमेत बन्द गरिएको छ ।

त्यस्तै ४७ रेल सेवा अवरुद्ध भएका छन् भने ७९ सडकखण्ड, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।