चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव

चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा पार्टीको तर्फबाट सहभागी भएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र भीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताए । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाकाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्युको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छौँ । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ ।

जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’