सस्तै दाममा पारामाउन्ट मोटर्सका २ वटा नयाँ गाडी बजारमा

सस्तै दाममा पारामाउन्ट मोटर्सका २ वटा नयाँ गाडी बजारमा


काठमाडौं ।

पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ।

एमजी ४ र कम्प्याक्ट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

सार्वजनिक भएकामध्ये कम्प्याक्ट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कम्प्याक्टले २३० रेञ्ज दिन्छ।

एमजी कम्प्याक्ट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडीको कम्पनीले ३ वर्ष र १ लाख किलोमिटर वारेन्टी दिएको छ।

एमजी ४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ। यो गाडीमा ९९ र १५० किलोवाट मोटरमा उपलब्ध छ।

कम्पनीका अनुसार १५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक पटकको चार्जमा यो गाडीले ४३५ किलोमिटरसम्मको रेञ्ज दिन्छ।

१८०० एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन्। हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।