काठमाडौं ।
ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ ।
यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् ।
१२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।
त्यसअनुसार कै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया