१० लाखभन्दा बढी भारतीय रुपैयाँसहित १ जना पक्राउ

१० लाखभन्दा बढी भारतीय रुपैयाँसहित १ जना पक्राउ


विराटनगर ।

१० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ परेका छन्।

आइतबार इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेका यादव भारतको बिहारस्थित खगडियाँ गाउँका हुन्।

प्रहरीले उनको साथबाट ५०० दरका कुल १० लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको हो। भारततर्फबाट पैदल नेपाल प्रवेश गरेका यादवलाई शंका लागेर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो।

बरामद भएको नोटसहित यादवलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।