काठमाडौं ।
नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका कर्मचारीलाई पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले बिहान ८: ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै गरेका सापकोटालाई नियन्त्रणमा लिएको हो ।
अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएका छन् ।
प्रतिक्रिया