कोरोना पीडितका लागि आएको रकम वितरणमा नगरप्रमुख शेख वकिलले अनियमितता गरेको आरोप 

कोरोना पीडितका लागि आएको रकम वितरणमा नगरप्रमुख शेख वकिलले अनियमितता गरेको आरोप 


रौतहट ।

नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन ।

परोहा नगरपालिकाले २ वर्ष आगाडि कोरोना पीडितलाई सहयोग रकम वितरण गर्न १ सहकारी संस्थालाई  दिएपनि हाल सम्म  सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन ।

नेकपा माओवादीका नेता तथा परोहा नगपालिका–४ का वडा प्रत्यासी अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गको प्रभु बैक परोहा शाखा हुँदा हुँदै पनि मनलाग्दी  गर्ने नियतले पुजनीय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन ।

नगरप्रमुख शेख वकिल र पुजनीय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानीय युवा इन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवार सम्म सबै कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन ।

नगरप्रमुख शेख वकिल र पुजनीय सहकारी संस्थालाई कोरोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण  गर्नु पर्दछ नियत भएको भए २ वर्ष देखि पक्कै रोकेर राख्दैन थिए नेता यादवले बताए ।

परोहा नगरपालिकालाई  नेपाल सरकारले कोरोना पीडितलाई सहयोग गर्न ससर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको र रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाइ भएको र चुनाव बिचमा परेका कारण पनि आफूले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्वीकार गरेका छन ।