विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प

विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प


काठमाडौँ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प भएको छ।

आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्।

आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए।

उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिनेलगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन्।

कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिकरुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण समेत हुनपर्ने मागपत्रमा उल्लेख छ।

पछिल्लो समय सुन पास भएको विषय बाहिर आएपछि विमानस्थल कर्मचारीमाथि धरपकड भइरहेको भन्दै आक्रोश व्यक्र गरेका हुन्।

सुन प्रकरणमा हाल विमानस्थलका केही कर्मचारीहरु गिरफ्तार छन्। उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो रु सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ।

अमानवीय तरिकाले गिरफ्तार गरेकोले उनीहरुलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग कर्मचारीहरुले अघि सारेका छन्।